युक्रेन युद्ध अन्त्य गर्ने बारेमा छलफल गर्न युरोपेली नेताहरू अमेरिकाको भ्रमणमा आउनेछन्: ट्रम्प
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा युद्ध अन्त्य गर्ने तरिकाहरूबारे छलफल गर्न युरोपेली नेताहरूले सोमबार वा मंगलबार अमेरिकाको भ्रमण गर्ने बताएका छन्।
अमेरिकी राष्ट्रपतिले यसपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग पनि ‘चाँडै’ कुरा गर्ने बताए। ट्रम्पले आफ्नो प्रशासन मस्कोमाथि दोस्रो चरणको प्रतिबन्ध लगाउन तयार रहेको पनि संकेत गरे।
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले प्रतिबन्धहरूलाई सही कदमको रूपमा वर्णन गरेका छन् र युरोपले रूसबाट ऊर्जा किन्न बन्द गर्नुपर्ने बताएका छन्।
यसैबीच, रुसले युद्ध सुरु भएदेखि नै युक्रेनमा सबैभन्दा ठूलो हवाई आक्रमण गरेको छ। यसमा चार जनाको मृत्यु भएको छ र पहिलो पटक किभमा रहेको युक्रेनको मुख्य सरकारी भवनलाई निशाना बनाइएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment