देउवालाई चुनौति दिँदै गगन-विश्वले फिर्ता बोलाए कांग्रेसका मन्त्री
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरूलाई फिर्ता बोलाएका छन्।
मंगलबार विज्ञप्ति जारी गर्दै उनीहरूले नेकपा एमालेसँग भएको सात बुँदे सहमतिको औचित्य समाप्त भएको घोषणा गर्दै कांग्रेसका मन्त्रीहरूलाई फिर्ता बोलाएका हुन्।
उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट राजीनामा दिनसमेत आग्रह गरेका छन्।
सभापति शेरबहादुर देउवाले आग्रह नमाने अन्य प्रक्रियाबाट कदम चाल्न बाध्य हुने उनीहरूको चेतावनी छ।

प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment