सिन्धुली कारागारबाट ४७१ कैदीबन्दी फरार
सिन्धुली । सिन्धुली कारागारमा रहेका ४७१ जना कैदीबन्दी बुधबार दिउँसो सामूहिक रूपमा फरार भएका छन्।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीका अनुसार कारागारभित्र आगजनी र नाराजुलुसपछि ठूलो संख्यामा कैदी बाहिर निस्किएका हुन्।
प्रहरीका अनुसार विभिन्न मुद्दामा सजाय भोगिरहेका कैदीहरूले गेट तोडफोड गर्दै बाहिर भाग्ने प्रयास गरेका थिए। स्थिति नियन्त्रणमा लिन नेपाली सेना र नेपाल प्रहरी परिचालन गरिएको भएपनि उनीहरूलाई रोक्न नसकिएको हो।
भीड नियन्त्रणका क्रममा सुरक्षाकर्मीले केही राउन्ड हवाई फायर गरेका थिए, तर कैदीहरू सिन्धुली बजारतर्फ भाग्न सफल भएका छन्।
फरार कैदीहरूको खोजीका लागि सुरक्षाकर्मीले चेकजाँच कडा पारेका छन् र बजार क्षेत्रमा उच्च सतर्कता अपनाइएको प्रहरीले जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment