रुसद्वारा युक्रेनका थप बस्तीहरु नियन्त्रणमा लिएको दाबी

डिसी नेपाल
३१ भदौ २०८२ १०:३९
96
Shares

काठमाडौं। रूसले युक्रेनको जापोरिझ्झिया क्षेत्रस्थित ओल्गोभ्स्को बस्तीमाथि नियन्त्रण कायम गरेको दाबी गरेको छ।

रूसी रक्षा मन्त्रालयले सोमबार जारी विज्ञप्तिमा गत २४ घण्टाभित्र सुमी, खार्किभ, डोनेट्स्क, जापोरिझ्झिया र खेरसोनसहित विभिन्न दिशामा युक्रेनी सेना र उनीहरूको सैन्य उपकरणहरूमा आक्रमण जारी रहेको जनाएको हो।

उता, युक्रेनले भने आफ्ना सेनाले विभिन्न मोर्चामा रूसी आक्रमणहरू परास्त गर्न सफल भएको दाबी गरेको छ। युक्रेनी सशस्त्र बलको जेनरल स्टाफले सोमबार राति १०ः०० बजेसम्म अग्रपंक्तिमा १७३ वटा युद्ध भिडन्त भएको उल्लेख गर्दै लिमान, टोरेत्स्क सहितका केहि दिशासहितका क्षेत्रमा रूसी आक्रमणहरू फिर्ता गराएको जनाएको छ।

दुवै पक्षका दाबीहरूबीच संघर्ष चर्किँदै गएको देखिन्छ भने अग्रपंक्तिमा तीव्र भिडन्त जारी रहेको युक्रेनी पक्षले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *