पहिरो पन्छाएसँगै नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

डिसी नेपाल
१ असोज २०८२ १०:१८
12
Shares

चितवन। नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ। मंगलबार राति इच्छाकामना गाउँपालिका-४ घोप्टेभिर, वडा नं ५ तुइनखोला र वडा नं ६ नाम्सीखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक गायत्री शर्माका अनुसार बिहान ९ः१० बजेबाट सडक सञ्चालनमा आएको हो। बिहान ६ः०० बजेदेखि पहिरो पन्छाउने काम सुरु गरिएको थियो। तीनवटा एक्साभेटरले पहिरो पन्छाइएको हो। पहिरो पन्छाइएसँगै रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *