ऊर्जामन्त्री घिसिङको अभियानका लागि रोल्पाका ओलीले पठाए एकसय रुपैयाँ
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले जलेका र भत्किएका संरचना सबैले मिलेर बनाउनपर्ने भनेर आह्वान गरेलगतै आर्थिक सहयोग संकलन हुन थालेको छ।
त्यसका लागि रोल्पाका तेज विक्रम ओलीले एक सय रुपैंयाँ दिएर अभियान सुरु गरेका हुन्।
जेनजी प्रदर्शनका क्रममा आगजनी भएको संसद भवनको निरीक्षण गर्दै मन्त्री घिसिङले क्षति भएका सबै संरचना सबैले मिलेर बनाउनुपर्ने बताएका थिए।
उक्त अभियानलाई साथ दिँदै रोल्पाका ओलीले १०० दिँदै सानो हात, ठूलो साथ भन्दै एक पटकको खाजा वा मोबाइल रिचार्ज बराबरको खर्च तर यसको परिणाम देशको पुनर्निर्माण र भरोसाको पुनर्जन्म यहीँबाट हुने बताएका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment