सीआईबी प्रमुखमा डा. मनोज केसी सरुवा

डिसी नेपाल
५ असोज २०८२ १९:५१
852
Shares

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो प्रमुखमा डा. मनोज केसी नियुक्त भएका छन्।

आज बसेको मन्त्रीपरिषद बैठकले केसीलाई सीआईबी प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको हो।

नक्कली भुटानी शरणार्थी प्रकरणमा डा. आरजु राणविरुद्ध अनुसन्धान अगाडि बढाउँदा त्यहाँबाट हटाइएका एआईजी डा. मनोजकुमार केसी फेरि सिआईबी प्रमुखका रुपमा सरुवा भएका हुन्।  त्यसबेला उनी डीआईजी दर्जामा दोस्रो हैसियतमा त्यहाँ कार्यरत थिए।

डा. केसीले ललिता निवास जग्गा प्रकरणको अनुसन्धानसमेत गरेका थिए। कात्तिक २७ मा रिक्त हुने ३३औं प्रहरी महानिरीक्षक (आईजीपी) पदका एक सम्भावित दावेदारको रूपमा समेत उनको नाम चर्चामा छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *