बेलायत, क्यानडा र अष्ट्रेलियाले प्यालेस्टाइनलाई आधिकारिक रूपमा देशको मान्यता दिए

डिसी नेपाल
६ असोज २०८२ १०:५२
120
Shares

काठमाडौं । बेलायती प्रधानमन्त्री केयर स्टारमरले आइतबार प्यालेस्टाइनलाई एक देशको रूपमा मान्यता दिएको घोषणा गरे।

यसअघि क्यानडा प्यालेस्टाइनलाई राज्यको रूपमा मान्यता दिने पहिलो जी-७ देश बनेको थियो। अष्ट्रेलियाले पनि प्यालेस्टाइनलाई मान्यता दिएको छ।

यो घोषणा गर्दै केयर स्टारमरले भने, “आज, प्यालेस्टिनी र इजरायली जनताको लागि शान्ति र दुई-राज्य समाधानको आशालाई जीवित राख्न, संयुक्त अधिराज्यले औपचारिक रूपमा प्यालेस्टाइनलाई एक राज्यको रूपमा मान्यता दिन्छ।”

गत जुलाईमा, स्टारमरले भनेका थिए कि यदि इजरायलले गाजामा युद्धविराम, शान्ति सम्झौता र दुई-राज्य समाधानका सर्तहरूमा सहमति जनाएन भने सेप्टेम्बरमा बेलायतले आफ्नो अडान उल्टाउनेछ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले पहिले नै यस्तो कदम “आतंकवादलाई पुरस्कृत” गर्नु बराबर भएको बताएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *