तालिबानको हिरासतबाट मुक्त भएका बेलायती दम्पती लन्डन पुगे
काठमाडौं । अफगानिस्तानमा तालिबानद्वारा झण्डै आठ महिनासम्म हिरासतमा राखिएका एक बेलायती जोडी रिहा भएपछि अब बेलायत फर्किएका छन्।
यो जोडी शनिबार कतारबाट लन्डनको हीथ्रो विमानस्थलमा आइपुगेको थियो।
८० वर्षीय पिटर रेनोल्ड्स र उनकी श्रीमती ७६ वर्षीया बार्बी लगभग दुई दशकदेखि अफगानिस्तानमा बस्दै आएका थिए।
बेलायत पुग्नुअघि उनीहरूले कतारको राजधानी दोहामा आफ्नी छोरीलाई पनि भेटे।
दम्पतीका छोरा जोनाथन रेनोल्ड्सले बीबीसीलाई भने कि उनीहरू आफूलाई मद्दत गर्नेहरूप्रति “अत्यन्तै खुसी र धेरै आभारी” छन्।
तालिबानले फेब्रुअरी १ देखि ती जोडीलाई हिरासतमा राखेको थियो। उनीहरूले अफगान कानून तोडेको बताएका छन्।
अब उनीहरूलाई न्यायिक कारबाही पछि रिहा गरिएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment