डा. संगीताको विषयमा विवादपछि पाँचैजना मन्त्रीको नियुक्ति रोकियो, शपथको तयारी भने जारी

डिसी नेपाल
६ असोज २०८२ ११:४२
1.1k
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्यमन्त्री पदमा नियुक्त गर्न लागेकी डा. संगीता मिश्रको विषयमा विवाद भएपछि पाँचैजना नयाँ सिफारिस भएका मन्त्रीको नियुक्ति तत्कालका लागि ‘होल्ड’ गरिएको छ । यद्यपि राष्ट्रपति कार्यालय शितलनिवासमा नयाँ मन्त्रीहरुको शपथ ग्रहणको तयारी भने भइरहेको छ ।

प्रधानमन्त्री सुशीला कार्कीले आइतबार थप पाँच मन्त्री नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेलकहाँ सिफारिस सूची पठाएकी थिइन् । सूचीमा मिश्र (स्वास्थ्यमन्त्री) सहित अनिलकुमार सिन्हा (उद्योगमन्त्री), महावीर पुन (शिक्षामन्त्री), मदन परियार (कृषिमन्त्री) र जगदीश खरेल (सञ्चारमन्त्री) को नाम सिफारिस गरिएको थियो ।

मिश्रविरुद्ध नागरिकता विवाद र अनियमितताको विषय गम्भीरतापूर्वक उठेपछि आज बिहान प्रधानमन्त्रीले राष्ट्रपतिलाई सिफरिस गरिएका मन्त्रीहरुको नियुक्ति तत्कालका लागि रोक्न आग्रह गरेकी थिइन् ।

मिश्र यौन तथा प्रजनन स्वास्थ्य विशेषज्ञ र प्रसूति तथा स्त्री रोग विशेषज्ञका रूपमा चिनिन्छिन्। उनले स्वास्थ्य सेवा विभाग र थापाथलीस्थित परोपकार प्रसूति अस्पतालको नेतृत्व पनि गरेकी थिइन् ।

उनी ३ वर्षदेखि अतिरिक्त सचिव छिन् । गत वर्षको फागुनमा डा. विकास देवकोटा सचिवमा बढुवा भएपछि त्यसप्रति असन्तुष्टि जनाउँदै उनी बिदामा बसेकी थिइन् । मन्त्री बन्ने निश्चित भएपछि उनले अतिरिक्त सचिव पदबाट राजीनामा दिएकी थिइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *