सर्पको टोकाईबाट बाजुराका एक जनाको मृत्यु
बाजुरा । सर्पको टोकाईबाट बाजुराका एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा त्रिवेणी नगरपालिका चौसाल निवासी सर्जन बुढा रहेका छन्।
४० बर्षिय सर्जनलाई सर्पले टोकेपछि उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको त्रिवेणी नगरपालिकाकी उपप्रमुख कमला कुमारी जैशी न्यौपानेले बताएकी छन्।
दृष्टिविहीन बुढालाई मङ्गलबार राती गौरीगंगा नगरपालिकाको राजीपुरमा सर्पले टोकेको थियो। टोकेपश्चात उपचारको लागी सेती प्रादेशिक अस्पतालमा लगिएकोमा उनको मृत्यु भएको बताईएको छ।
चौसाल निवासी स्थानिय कलाकार समेत रहेका सर्जन बुढा गौरीगंगा नगरपालिकाको राजिुरमा बस्दै आएका थिए। उनी अशक्त शरीरका साथै नेत्रहीन थिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment