काठमाडौं महानगरद्वारा नाम्खा गाउँपालिकालाई एम्बुलेन्स प्रदान

डिसी नेपाल
९ असोज २०८२ १८:४२
28
Shares

सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकालाई काठमाडौं महानगरपालिकाले सहयोग स्वरुप एम्बुलेन्स प्रदान गरेको छ। नाम्खा गाउँपालिका–५ स्थित मुचु स्वास्थ्य चौकीलाई काठमाडौं महानगरपालिकाले आज सो एम्बुलेन्स हस्तान्तरण गरेको हो।

विगत एक वर्षदेखि विभिन्न कारणले रोकिएको एम्बुलेन्स वितरण महानगरले मङ्गलबारदेखि सुरु गरेको थियो। नाम्खा गाउँपालिकाका उपाध्यक्ष तक्दिर लामा, स्वास्थ्य शाखा प्रमुख ग्याछो लामाले महानगरले प्रदान गरेको एम्बुलेन्स बुझ्नु भएको हो। महानरगले सहयोग गरेको एम्बुलेन्सले नाम्खा गाउँपालिकाका मात्रै नभएर अन्य स्थानीय तहका बिरामीहरुलाई सहयोग पुग्ने उपाध्यक्ष लामाले बताए।

काठमाडौं महानगरपालिकाले देखाएको सहकार्य र सामाजिक उत्तरदायित्वको भावनाप्रति उच्च प्रशंसा व्यक्त गर्दै नाम्खा गाउँपालिकाले धन्यवादसमेत दिएको थियो। पहिलो चरणमा देशभरका दुर्गम तथा मापदण्डका आधारमा छनोट गरिएका ३५ वटा गाउँपालिकालाई महानगरले एम्बुलेन्स वितरण गरिरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *