सल्यानमा गाडी दुर्घटनामापरी तीन जनाको मृत्यु

डिसी नेपाल
१२ असोज २०८२ ९:१६
24
Shares

काठमाडौं। राप्ती राजमार्ग अन्तर्गत सल्यानको कपुरकोट गाउँपालिका-३ चोरखोलामा भएको गाडी दुर्घटनामापरी तीन जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा रुकुम पश्चिमको बाफीकोट गाउँपालिका ५ बस्ने अन्दाजी २५ वर्षीय प्रकाश केसी, सोही ठाउँकै अन्दाजी ६८ वर्षीया पबी केसी र अन्दाजी २७ वर्षीय शशीधर केसी छन्।

रुकुम पश्चिमको बाफिकोट गाउँपालिकाबाट दाङको घोराही आउँदै गरेको लु २ ख ६५०२ नम्बरको फोर्स गाडि आज बिहान करिब चार बजे सडकबाट करिब चार सय मिटर तल खसेको थियो।

दुर्घटनामा बाफीकोट गाउँपालिका ५ कै अन्दाजी ४७ वर्षीय खगेन्द्र केसी र ३६ वर्षीया बिना केसी घाइते छन्। गाडीमा ३ पुरुष २ महिला गरी जम्मा ५ जना सवार थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.

No trending news available right now.