नारायणगढ-मुग्लिन सडकखण्ड र मुग्लिन-नागढुंगा सडकखण्ड अवरुद्ध
काठमाडौं।जिल्ला प्रहरी कार्यालय, धादिङका अनुसार, आज बिहान २ बजेतिर धादिङको बेनिघाट रोराङ-१० स्थित जवाङखेलामा पहिरो खसेको थियो। त्यसलगत्तै राजमार्ग बन्द भएको हो।
प्रहरी, स्थानीयबासिन्दा र यात्रुको प्रयासमा त्यो ठाउँमा बाटो खुलाइएको थियो । तर फेरि माथिबाट पहिरो खस्दा सडक दुईतर्फी नै अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
लगातारको वर्षाले जवाङ खोला नजिक पहिरो जाँदा मुग्लिन-नागढुंगा सडक अवरुद्ध भएको छ। सडक डिभिजन भरतपुरका अनुसार जवाङ खोला नजिक पहिरो जाँदा सडक अवरुद्ध भएको हो।
पानी निरन्तर परिरहेकाले धेरै ठाउँमा ढुंगा झरेका छन्। यो सडकखण्डमा पानी परिरहेकाले जोखिम कायम रहेको भन्दै सवाधानीपूर्वक सुरक्षित यात्रा गर्न सडक डिभिजन भरतपुरले अनुरोध गरेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment