नोबेल घोषणा आजदेखि : चिकित्सा पुरस्कारको सुरुआत
स्टकहोम । नोबेल पुरस्कार घोषणा शङ्ंखला आजदेखि सुरु हुँदैछ। स्टकहोमस्थित क्यारोलिन्स्का इन्स्टिच्युटको प्यानलले सोमबार सन् २०२५ का लागि फिजियोलोजी वा मेडिसिनमा नोबेल पुरस्कार घोषणा गर्नेछ।
सन् १९०१ देखि २०२४ सम्म यो प्रतिष्ठित सम्मान ११५ पटक प्रदान गरिएको छ, जसअन्तर्गत २२९ जना विज्ञहरू पुरस्कृत भइसकेका छन्।
गत वर्ष अमेरिकी वैज्ञानिक आदरणीय भिक्टर एम्ब्रोस र ग्यारी रुभ्कुनलाई माइक्रोआरएनएको खोजका लागि संयुक्त रूपमा सम्मान गरिएको थियो। माइक्रोआरएनए भनेको आनुवंशिक सामग्रीका साना अणुहरू हुन्, जसले कोशिकाभित्र स्विचहरू अन र अफ गरेर तिनका गतिविधि र समय नियन्त्रणमा महत्त्वपूर्ण भूमिका खेल्दछन्।
यसपछिका नोबेल घोषणा क्रमअनुसार मङ्गलबार भौतिकशास्त्र, बुधबार रसायनशास्त्र र बिहीबार साहित्यतर्फ हुनेछन्। नोबेल शान्ति पुरस्कार शुक्रबार र अर्थशास्त्रमा नोबेल स्मृति पुरस्कार आगामी अक्टोबर १३ मा घोषणा गरिनेछ।
पुरस्कार वितरण समारोह डिसेम्बर १० मा हुनेछ। यो दिन महान् आविष्कारक तथा नोबेल पुरस्कारका संस्थापक आदरणीय अल्फ्रेड नोबेलको पुण्यतिथिसँग मेल खाने दिन हो। नोबेल स्विडेनका धनी उद्योगपति तथा डायनामाइटका आविष्कारक थिए। सन् १८९६ मा उनको निधन भएको थियो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment