लाङ्टाङ क्षेत्रमा अलपत्र बाह्र जनाको सकुशल उद्धार

डिसी नेपाल
२१ असोज २०८२ १३:२२
32
Shares

रसुवा । लाङ्टाङ क्षेत्रमा अलपत्र परेका १२ पदयात्रीलाई नेपाली सेनालगायत सुरक्षा निकायले सकुलशल उद्धार गरेका छन्।

पदयात्रामा रहेका भक्तपुरका १६ जनामध्ये चार जना बाढीमा बेपत्ता भएपछि अलपत्र परेका उनीहरूलाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले सकुशल उद्धार गरी स्याफ्रुबेँसी ल्याएको हो।

सबैलाई काठमाडौं पठाइएको प्रहरीले जनाएको छ। लाङ्टाङ पदयात्राका रहेका भक्तपुरका संस्कृति श्रेष्ठ, किसन श्रेष्ठ, सङ्गीता श्रेष्ठ र रवि श्रेष्ठ बेपत्ता छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *