बिपिन जोशीको लागि सकारात्मक र आशावादी रहन आग्रह
वाशिङ्टन। हमासको कब्जामा रहेका नेपाली विद्यार्थी बिपिन जोशीको अवस्थाबारे पछिल्ला दिनमा फैलिएका विभिन्न अड्कलबाजी र नकारात्मक समाचारबीच सबैलाई सकारात्मक रहन सम्पूर्ण नेपाली समुदाय र विश्वभरका शुभेच्छुकहरूलाई सकारात्मक र आशावादी रहन सामाजिक अभियन्ता कविन्द्र सिटौलाले आग्रह गरेका छन्।
बिपिन जोशीको रिहाई र न्यायको लागि अमेरिका पुगेकाजोशी परिवारसँग प्रत्यक्ष समन्वय गरिरहेका सिटौलाका अनुसार हालसम्म सार्वजनिक गरिएको तथ्यांकअनुसार ४८ जना बन्धकमध्ये २० जना जीवित रहेको पुष्टि भइसकेको छ भने, बिपिन जोशी र इजरायली नागरिक तमिर निम्रोडीको अवस्थाबारे आधिकारिक जानकारी अझै नआएको हुँदा जीवितको सङ्ख्या २२ पुग्ने सम्भावना इजरायली पक्षले अस्वीकार गरेको छैन।
“हामी सबैले यो संवेदनशील घडीमा कुनै पनि नकारात्मक वा भ्रम फैलाउने सन्देश नदिनु अत्यावश्यक छ,” सिटौलाले भने, “बिपिनको अपहरणपश्चात् हालै पुनः सार्वजनिक गरिएका भिडियोहरूले उहाँको सकुशल अवस्था र सम्भावित रिहाईप्रतिको आशा अझ बलियो बनाएको छ।”
सिटौलाले आजै जोशी परिवारका बुबाआमा र बहिनीसँग प्रत्यक्ष कुरा गरेका छन्। परिवारले आफ्नो छोरा र दाइलाई “मंगलबारभित्र देख्ने विश्वास” व्यक्त गर्दै निरन्तर प्रार्थना आशा र भरोसा बोकेर बसेको जानकारी दिए।
सिटौलाले नेपाली र विश्व समुदायका सबैलाई बिपिन जोशीको शीघ्र रिहाई र सुस्वास्थ्यका लागि सकारात्मक ऊर्जा, शुभेच्छा र प्रार्थना निरन्तर पठाउन पनि अनुरोध गरेका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा र अन्तर्राष्ट्रिय समुदायको पहलमा शुक्रबार, अक्टोबर १० इजरायलको स्थानीय समय दिउँसो १२ बजेदेखि ७२ घण्टाको काउन्टडाउन सुरु भएको छ। शान्ति प्रस्ताव विभिन्न सर्तहरू लगायत प्रमुख शर्त अनुसार, यस अवधिभित्र दुवैतर्फका बन्दीहरूको आदानप्रदान सम्पन्न गर्नुपर्ने सहमति छ।
“हामी सबै आशावादी छौं, नेपाली युवा बिपिन जोशी चाँडै आफ्नो परिवार र जन्मभूमि नेपाल फर्किनेछन्,” सिटौलाले भावनात्मक ढंगमा भने।
उनले विशेषगरी इजरायल, अमेरिका, नेपाल तथा विश्वभरबाट बिपिन जोशी, उनका परिवार, सम्पूर्ण होस्टेस परिवार र विश्व शान्तिको लागिप्रतिको सद्भाव, सहानुभूति र ऐक्यबद्धताका लागि कृतज्ञता प्रकट गरेका छन्।
धेरै पढिएको.
No trending news available right now.







डिसी नेपाल








Facebook Comment