काठमाडौंमा शनिबार हुने भनिएको मोटरसाइकल र्‍याली प्रशासनद्वारा निषेध

डिसी नेपाल
२५ असोज २०८२ १०:१३
64
Shares

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले शनिबार हुने भनिएको मोटरसाइकल र्‍याली तथा सभा गर्न निषेध गरेको छ।

शुक्रबार एक सूचना जारी गरि र्‍याली, प्रदर्शन जस्ता कार्यक्रम गर्न कोही कसैलाई पनि स्वीकृति प्रदान नगर्ने भनी निर्णय भएको जानकारी गराएको हो। शान्ति सुरक्षाको स्थिति बनाईराख्न, सार्वजनिक सम्पत्तिको संरक्षण गर्दै सेवा प्रवाह सूचारु गर्ने कार्यहरू गरेको प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलले सूचनामार्फत बताए।

‘विभिन्न समूहहरुबाट हुने भनिएका र्‍याली, जुलुश, धर्ना, सभा र प्रदर्शन जस्ता गतिविधिहरुले सुरक्षा चुनौति बढाउन सक्ने र आम नागरिकलाई सुरक्षाको प्रत्याभूति गराउने कार्यमा थप जटिलताको अवस्था हुन जाने भएकोले यस कार्यालयबाट त्यस प्रकारका कुनै पनि र्‍याली प्रदर्शन जस्ता कार्यक्रम गर्न कोही कसैलाई पनि स्वीकृति प्रदान नगर्ने भनी निर्णय भएको छ,’ सूचनामा उल्लेख गरिएको छ।

पूर्वस्वीकृति विना कुनै पनि प्रकारका कार्यक्रमहरू नगर्न नगराउनु हुन स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ को देहाय खण्ड (क) र प्रहरी ऐन २०१२ को दफा १९ को व्यवस्था बमोजिम सूचना दिएको प्रशासनले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *