मानवसेवा आश्रममा आश्रितको मृत्यु

डिसी नेपाल
२५ असोज २०८२ १३:३१
72
Shares

सुरुङ्गा । मानवसेवा आश्रममा आश्रित एक व्यक्तिको मृत्यु भएको छ । मानवसेवा आश्रम झापाको मेचीनगर नगरपालिका–४ मा सञ्चालित छ।

शिवसताक्षी नगरपालिकाले उद्धार गरेर पठाएका ५३ वर्षीया आश्रेफुल मुस्लिमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए। उनको आश्रममा सुतिरहेको अवस्थामा मृत्यु भएको प्रहरीले जनाएको छ।

असोज २० गते उनलाई शिवसताक्षी नगरपालिकाले उद्धार गरी मानवसेवा आश्रममा पठाएको थियो। योसँगै करिब एक वर्षको अवधिमा मानवसेवा आश्रममा ११ जना आश्रितको मृत्यु भइसकेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *