अन्तर्राष्ट्रिय झापाली समाजको अध्यक्षमा महेन्द्र चौलागाईं

डिसी नेपाल
२६ असोज २०८२ १०:३७
28
Shares

बिर्तामोड। अन्तर्राष्ट्रिय झापाली समाजको पाँचौँ अधिवेशन शुक्रबार झापाको बिर्तामोडमा सम्पन्न भएको छ । आगामी दुई वर्षे कार्यकालका लागि महेन्द्रप्रसाद चौलागाईंको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै समाजको अधिवेशन सकिएको हो ।

चौलागाईंले सन् २०२७ सम्म अन्तर्राष्ट्रिय झापाली समाजको नेतृत्व गर्ने छन् । चौलागाईं यसअघि समाजको वरिष्ठ उपाध्यक्ष थिए । स्वभाविक रूपमा उनी अध्यक्षको नेतृत्व का लागि तयार भएका हुन् ।

३० वर्षदेखि कतारमा व्यवसायिक क्षेत्रमा अप्रत्याशित फड्को मारिरहेका चौलागाईं झापाको बाह्रदशी गाउँपालिकाका स्थायी बासिन्दा हुन् । विभिन्न क्षेत्रमा लगानी गरेर युवाहरूलाई स्वरोजगार बनाउने अभियानमा समेत चौलागाईंको भूमिका महत्वपूर्ण रहँदै आएको छ ।

विश्वका ४० देशमा आफ्नो संगठनात्मक संरचना निर्माण गरिसकेको अन्तर्राष्ट्रिय झापाली समाजले वरिष्ठ उपाध्यक्षमा दीपक चुडाललाई जिम्मेवारी दिएको छ । उपाध्यक्षमा नवीन पोखरेल र चुनामणी कार्की छानिएका छन् ।

महिला उपाध्यक्षमा सीता पाण्डे र महासचिवमा चिरण खवासले जिम्मेवारी पाएका छन् । भवानीप्रसाद कोइराला र अजय राजवंशीलाई समाजको सचिवको जिम्मेवारी दिइएको छ । कोषाध्यक्षमा उमेश पोखरेल र सह कोषाध्यक्षमा रविन गिरी छनोट भएका छन् ।

अधिवेशनले क्षेत्रीय संयोजकहरू समेत छानेको छ ।मध्यपूर्वका लागि केशव कार्की कतार, युरोपका लागि लोकेन्द्र नेपाल बेल्जियम, ओशियानियाका लागि निरञ्जन प्रसाई अस्ट्रेलिया, अमेरिकाका लागि आशिष संग्रौला संयुक्त राज्य अमेरिकालाई संयोजकको जिम्मेवारी दिइएको छ ।

उपक्षेत्रिय संयोजकहरूमा मध्यपुरका लागि टीका ढकाल ओमन, प्रकाश गिरी नेदरल्यान्ड्स र दिल्ली थापा संयुक्त राज्य अमेरिका रहेका छन् । निर्वाचन समितिका प्रमुख रहेका दिनेश पोखरेलले नयाँ कार्य समितिको घोषणा गर्दै आगामी कार्यकाल रचनात्मक र प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

यस अघि झापाका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले प्रमुख अतिथिका रुपमा अधिवेशनको उद्घाटन गरेका थिए ।

समाजका अध्यक्ष मुकुन्द ढुङ्गानाको अध्यक्षतामा आजित कार्यक्रममा विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो ।कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, नेपाल पत्रकार महासङ्घ झापाका अध्यक्ष एकराज गिरी, सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरी, वरिष्ठ पत्रकार टीकाराम यात्री, चलचित्र निर्माता निर्देशक अशोक शर्मा लगायतले बोलेका थिए ।

दीपक चुडालले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव नवीन पोखरेलले गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.

No trending news available right now.