बसको ठक्करबाट घाइते गुरुङको उपचारका क्रममा मृत्यु

डिसी नेपाल
२८ असोज २०८२ १७:४६
76
Shares

दमौली पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका४ विमलनगरमा बसको ठक्करबाट घाइते भएका दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा गोरखाको धार्चे गाउँपालिका७ बस्ने २८ वर्षीय पुनराम गुरुङ र ३२ वर्षीय मनोज गुरुङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

शनिबार आँबुखैरेनीबाट डुम्रेतर्फ आउँदै गरेको ग१ख ९७०८ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको ग२६प ९२८७ नम्बरको स्कुटर ठक्कर खाएको थियो।

दुर्घटनामा घाइते भएका स्कुटर चालक पुनरामको सोही दिन मृत्यु भएको थियो। अर्का घाइते मनोजको उपचारका क्रममा आज चितवन मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दि


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *