कार दुर्घटनामा चालकको मृत्यु
काठमाडौं । रुपन्देहीको ओमसतिया गाउँपालिका-४ वसन्तपुरमा भएको कार दुर्घटनामा एक जनाको ज्यान गएको छ।
गएराति वसन्तपुर सडकमा प्र ३-०१-००२२ च ३७१५ नम्बरको कारलाई हाल नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा कार चालक मायादेवी गाउँपालिका-८ बस्ने ५५ वर्षीय राजु विश्वकर्माको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका विश्वकर्माको भीम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो। कारलाई ठक्कर दिने सवारीको खोजी भइरहेको प्रहरीले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment