आज विश्व खाद्य दिवस मनाइँदै

डिसी नेपाल
३० असोज २०८२ ६:५४
16
Shares

काठमाडौं। सरकारले विश्वव्यापी रूपमा स्वच्छ, पोषणयुक्त सन्तुलित भोजनको महत्त्वबारे जनचेतना जगाउन बिहीबार ४५ औँ विश्व खाद्य दिवस मनाउँदैछ।

कृषि विभागले संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि सङ्गठन (एफएओ), खाद्यका लागि कृषि अभियानलगायत संघसंस्थाको समन्वयमा दिवस मनाउन लागेको हो।

यसवर्ष ‘स्वच्छ खाना र सुखद भविष्यका लागि हातेमालो’ भन्ने नारासहित दिवस मनाउन लागिएको छ।

सन् १९७९ नोभेम्बरको संयुक्त राष्ट्र संघको २०औँ साधारणसभाले संगठनको स्थापना भएको दिनका अवसरमा खाद्य दिवस मनाउने प्रस्ताव पारित गरेको स्मरणमा सन् १९८१ देखि यो दिवस मनाउँदै आइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *