सरकारले फिर्ता बोलायो ११ देशका राजदूत

डिसी नेपाल
३० असोज २०८२ १७:५०
3.2k
Shares

काठमाडौं । सरकारले राजनीतिक नियुक्ति पाएका विभिन्न ११ देशका राजदूत फिर्ता गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ११ देशका राजदूत फिर्ता गर्ने निर्णय गरेको हो।

उनीहरूलाई २०८२ कात्तिक २० गतेभित्र नेपाल फर्कन निर्देशन दिइएको सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिए।

फिर्ता बोलाइएका राजदूतमा चीनका लागि कृष्णप्रसाद ओली, जर्मनी शैल रुपाखेती, इजरायल धनप्रसाद पण्डित, मलेसिया डा. नेत्रप्रसाद तिमल्सिना, कतार रमेशचन्द्र पौडेल, रुसका जंगबहादुर चौहान, साउदी अरबका नरेशविक्रम ढकाल, स्पेनका शनिल नेपाल, बेलायतका चन्द्रकुमार घिमिरे, अमेरिका लोकदर्शन रेग्मी र जापानका लागि डा. दुर्गाबहादुर सुवेदी छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *