५० किलो चाँदी र १२ लाखसहित भारतीय नागरिक पक्राउ

डिसी नेपाल
३० असोज २०८२ १७:५४
156
Shares

काठमाडौं । ललितपुरबाट सशस्त्र प्रहरीले ५० किलोभन्दा बढी चाँदी बरामद गरेको छ।

बिहीबार दिउँसो चाँदीसहित भारतको घोरसहन पूर्वी चम्पारण घर बताउने ३१ वर्षीय अभिशेख शेखलाई ललितपुर महानगरपालिका१६ धौगलबाट नियन्त्रणमा लिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए।

उनले भारतबाट अवैध रूपमा नेपाल ल्याई विभिन्न किसिमका चाँदीका गरगहना बेचबिखन गर्दै आइरहेको भन्ने सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्यरोको विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गण ललितपुरले नियन्त्रणमा लिएको हो।

उनको साथबाट सशस्त्र प्रहरीले ५० किलो ७४ ग्राम चाँदीका गहना, १२ लाख ९१ हजार ९० नेपाली रुपैयाँ तथा १ हजार २ सय ७० भारतीय रुपैयाँ बरामद गरेको छ।

यस्तै चाँदी तौल गर्ने मेसिन १ थान, इलेक्ट्रिक साइकल १ थान, आइप्याड १ थान र मोबाइल सेट १ थान समेत बरामद गरेको छ।

नियन्त्रणमा लिएका व्यक्ति र सामान राजश्व अनुसन्धान विभाग हरिहर भवन पठाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *