सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, एकै दिन तोलामा ७ हजार १ सय बढ्यो
काठमाडौं। शुक्रबार एकैदिन सुनको भाउ तोलामा ७ हजार १ सय रुपैयाँ बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ५८ हजार रुपैयाँ तय गरेको छ । अघिल्लो दिन २ लाख ५० हजार ९ सय रुपैयाँ तोकिएको थियो।
शुक्रबारको सुनको मूल्य हालसम्मकै उच्च हो अन्तर्राष्ट्रिय बजारमा मूल्य प्रतिऔंस ४३७० अमेरिकी डलर हाराहारीमा पुगेको छ। एक औंस बराबर २.४३ तोला हुन्छ।
त्यस्तै चाँदीको मूल्य पनि बढिरहेको छ। शुक्रबार अघिल्लो दिनको तुलनामा प्रतितोला ७५ रुपैयाँले चाँदी महँगिएको छ। अघिल्लो दिन प्रतितोला ३ हजार २७५ रुपैयाँमा चाँदीको कारोबार भएकोमा आज ३ हजार ३५० रुपैयाँ पुगेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment