तस्विरमा हेर्नुहोस् कागेश्वरी महादेव मन्दिर

डिसी नेपाल
२ कार्तिक २०८२ ११:५९
24
Shares

काठमाडाैं। कागेश्वरी मनहरा नगरपालिका-१, काठमाडौंको जंगलमा कागेश्वरीधाम छ। जंगल बीचमा रहेको धाममा, शिवलिंग मन्दिर, कागको सुनौलो प्रतिमा र झरना छन्। यस धाममा शिवलिंगसँगै काग पूजाकाे दिन कागको प्रतिमामा पूजा गरी माला लगाइन्छ ।

कागेश्वरी महादेव कागले पत्ता लगाएको जनविश्वास छ। किंवदन्तीअनुसार उहिल्यै गागल गाउँको माथिल्लो भेगमा मानिस गोठ बनाएर बस्थे। त्यहाँ गोठालाहरू गाइको दूध उमालेर राख्थे। तर, सधैं दूधको तर हराउँथ्यो। एक दिन गोठालाले चियो गर्दा दूधको तरलाई कागले खुट्टाको पञ्जाले सोरेर लाँदै गरेको देखेछन्।

त्यो कागलाई गोठालाले पच्छाएछन्। पच्छ्याउँदै जाँदा अहिले कागेश्वरी मन्दिर भएको ठाउँको शिवलिंगमा कागले दूधको तर चढाएको देखियो। त्यही बेलादेखि कागेश्वरी महादेव भन्न थालिएकाे विश्वास छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *