दोलखामा जिप दुर्घटना : चार घाइते, एकको अवस्था गम्भीर

डिसी नेपाल
४ कार्तिक २०८२ १३:२०
20
Shares

रामेछाप । दोलखाको भीमेश्वर नगरपालिका९ स्यासीमा जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन्। घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

ग २ च ३४०० नम्बरको जिप आज ब्रेक फेल भएर सडकको भित्तामा ठक्कर खाँदा दुर्घटना भएको हो। जिपमा सात जना सवार थिए।

जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी इन्सपेक्टर श्रीराम तिमलसिनाका अनुसार दुर्घटनामा स्यासीकी ४० वर्षीया गोमा भुजेल, ५२ वर्षीय महेन्द्रबहादुर श्रेष्ठ, ५२ वर्षीया कृष्णकुमारी श्रेष्ठ र ४८ वर्षीया गंगाकुमारी श्रेष्ठ घाइते भएका हुन्।

प्रहरीका अनुसार गोमा भुजेलको अवस्था गम्भीर रहेको छ। उनलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *