कागेश्वरी मनोहराको एक फर्निचरमा आगलागी

डिसी नेपाल
४ कार्तिक २०८२ १४:२६
48
Shares

काठमाडौं । काठमाडौंको काँडाघारीमा रहेका एक फर्निचर उद्योगमा आगलागी भएको छ।

कागेश्वरी मनोहरा–०९ काँडाघारीमा रहेको कुमार फर्निचर हाउसमा विधुत सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ।

कुमार श्रेष्ठले सञ्चालन गरेको उक्त फर्निचर उद्योग भएको आगलागीका कारण करिव ६ लाखको क्षति भएको अनुमान गरिएको छ।

काठमाडौं महानगर र मध्यपुर ठिमी नगरपालीकाको दमकलका साथै प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *