रुकुमपश्चिममा जिप दुर्घटना : ७ जनाको मृत्यु

डिसी नेपाल
७ कार्तिक २०८२ २०:००
320
Shares

रुकुम पश्चिमर जिल्लाको पश्चिम बाँफीकोट गाउँपालिका-७ लिस्नेस्थित भित्री सडकखण्डमा जिप दुर्घटना हुँदा सात जनाको घटनास्थलमै मृत्यु भएको छ।

आज साँझ जिल्ला सदरमुकाम खलङ्गाबाट आठबिसकोट नगरपालिका-२ स्यालाखदी जाँदै गर्दा रा१ज ४२२ नम्बरको जिप दुर्घटना भएको हो। दुर्घटनामा परी सात जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिए।

उहाँका अनुसार मृत्यु हुनेमा आठबिसकोट नगरपालिका-२ स्यालाका ३० वर्षीया कमला वली, सोही स्थानका १६ वर्षीय टेकजङ्ग बुढा, १५ वर्षीया दिलमाया बूढा, १७ वर्षीया मनिका वली, १८ वर्षीया शर्मिला विक, २२ वर्षीय गोपाल वली र पहिचान नखुलेको एक जना गरी सात जनाको मृत्यु भएको हो अन्य १० जना घाइते भएका छन्।

घाइतेलाई उद्धार गरी जिल्ला अस्पताल सल्ले ल्याएको छ। जिप सडकदेखि ७०० मिटर तल खसेको छ। थप विवरण आउन बाँकी रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *