सर्लाहीका एक पुरुष महोत्तरीको गौशालामा मृत फेला

डिसी नेपाल
८ कार्तिक २०८२ ९:५४
20
Shares

सर्लाही । महोत्तरीको गौशाला नगरपालिका५ स्थित गौशाला बजार क्षेत्रमा सर्लाहीका एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

मृतक सर्लाहीको हरिपूर्वा नगरपालिका९ बसन्तपुरका करिब ३० वर्षीय रामानन्द बैठा भएको प्रहरीले जनाएको छ। स्थानीयले बजार क्षेत्रमा बेहोस अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए।

प्रहरीका अनुसार बैठाले लामो समयदेखि मादक पदार्थ सेवन गर्ने गरेको र स्वास्थ्यसम्बन्धी समस्या पनि रहेको प्रारम्भिक अनुसन्धानबाट बुझिएको छ। तथापि, उनको मृत्युको कारण पोष्टमार्टमपछि मात्र खुल्ने प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी शैलेन्द्र कुमार भट्टका अनुसार मृतकका आफन्तलाई सूचना दिइसकिएको छ र आवश्यक कानूनी प्रक्रिया अघि बढाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *