हुम्लाको डाँडाफयामा भालुको आतङ्क
सिमकोट । यतिबेला हुम्लाको सिमकोट सिमकोट गाउँपालिका–७, डाँडाफया गाउँमा भालुले आतङ्क मच्चाएको छ।
डाँडाफया गाउँका स्थानीयको घरआँगनमै भालु पसेर मौरीघारदेखि भेडाबाख्रा खोरसम्म तोडफोड गर्न थालेको छ। गाउँमा यतिबेला भालु पसेर मौरीघारमा तोडफोड गरी मह खाएर नोक्सानी गर्ने गरेको स्थानीय मन्दिर सिंहले बताए।
यो महिना मह निकाल्ने मुख्य सिजन चलिरहेका बेला भालुले मौरीघार नष्ट गरेपछि किसानहरू चिन्तित भएको सिंहले बताए। मौरीको मह बिक्री गरेर घरखर्च चलाउने योजना बनाएका किसानहरू अहिले आर्थिक नोक्सानीमा परेको उनको भनाइ छ।
स्थानीय मौरीपालक देवी शाहीका दुई वटा, धनबहादुर शाही (सार्की) का तीन वटा र जङ्गसुर शाहीका तीन वटा गरी आठ वटा मह निकाल्ले तयारीका मौरीघारमा भालुले क्षति गरेको छ।
सिंहका अनुसार देवी शाहीको घरमा रहेको कुकुर समेत भालुले मारेको छ। अहिले मौरीको घारमा भालुले क्षति गरेको छ। भालुलाई नियन्त्रण नगरेमा गाउँमा पशु चौपायदेखि मानवीय क्षतिसम्म हुनसक्ने भएकाले भालुलाई नियन्त्रण गर्ने उपाय निकाल्न स्थानीयले आग्रह गरेको सिंहले जानकारी दिए।
भालु नियन्त्रणमा नलिए जनधनको क्षति हुनसक्ने भन्दै गाउँका सबैलाई सावधानी अपनाउन र बस्ती नजिकको जङ्गलमा नजान आग्रह गरिएको छ। रासस
No ads found for this position


डिसी नेपाल
Facebook Comment