जाँचबुझ आयोगविरुद्ध सर्वोच्चमा रिट
काठमाडौं । सर्वोच्च अदालतमा गत भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्की र सदस्यहरू विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारीविरुद्ध रिट निवेदन पेस भएको छ।
आयोगका अध्यक्ष कार्कीसहितलाई विपक्षी बनाएर अधिवक्ता विपिन ढकालले आज दायर गर्नुभएको रिट निवेदनमा आयोगका पदाधिकारीहरू निष्पक्ष छानबिन र विषयवस्तुबारे तटस्थ नभएको उल्लेख गरिएको छ।
सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार आयोगविरुद्ध रिट निवेदन पेस भएको र अध्ययनका क्रममा रहेको जानकारी दिए।
सरकारले ‘जेनजी’ प्रदर्शनपछि भएको जनधनको क्षतिबारे जाँचबुझ गर्न विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment