तीन महिनामा चार हजार ९०० ले बनाए राहदानी
झापा । यहाँस्थित जिल्ला प्रशासन कार्यालयबाट तीन महिनामा चार हजार ९०० ले राहदानी बनाएका छन्।
गत साउनदेखि असोज सम्म राहदानी बनाएवापत दुई करोड २३ लाख ८१ हजार राजस्व सङ्कलन भएको छ।
सोही अवधिमा दुई हजार ६७६ ले वंशजको आधारमा नागरिकताको प्रमाणपत्र, १०४ जनाले वैवाहिक अङ्गीकृत नागरिकता, १५ जनाले गैरआवासीय नागरिकता, तीन हजार ८५ जनालाई नागरिकताको प्रतिलिपी वितरण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी डोरप्रसाद निरौलाका अनुसार चालु आर्थिक वर्षको प्रथम त्रैमासिक अवधिमा सबै शीर्षकमा जम्मा रु दुई करोड २७ लाख ४५ हजार राजस्व सङ्कलन भएको छ।
उनले प्रशासनमा परेका उजुरीमध्ये अभद्र व्यवहार सम्बन्धीका ४०, वैदेशिक रोजगार ठगीका २३, नागरिकतासम्बन्धी पाँच, सवारी ज्यान क्षतिपूर्तिका सात, जुवाको एउटा मुद्दा फस्र्यौट भएको जानकारी दिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment