मधेश प्रदेशसभा सदस्य शर्माको घरमा आगजनी
वीरगञ्ज (पर्सा)। मधेश प्रदेशसभा सदस्य विनादेखि शर्माको वीरगञ्ज महानगर–६ स्थित घरमा आज साँझ साढे ५ बजे आगजनी भएको हो। पर्सा प्रहरीका सूचना अधिकारी हरिबहादुर बस्नेतले वीरगञ्ज महानगरबाट गएको दुई वटा दमकलको सहायताले आगो निभाइएको जानकारी दिए।
‘प्रदेशसभा सदस्य शर्माको घरमा आगजनी भएको सूचना पाउने बित्तिकै वडा प्रहरी कार्यालय विर्ताबाट प्रहरी निरीक्षण बिक्रम सुवेदीको कमाण्डमा गएको टोली र स्थानीयको सहयोगमा आधा घण्टाभित्रै आगो निभाइएको छ’, उनले भने, ‘आगजनीको कारण भने अहिलेसम्म खुल्न सकेको छैन। सो विषयमा आवश्यक अनुसन्धान भइरहेको छ।’
सूचना अधिकारी बस्नेतले आगजनीबाट कुनै मानवीय र चौपायामा क्षति नभएको जानकारी दिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment