इप्पानद्वारा चार थान टेलिभिजन ऊर्जा मन्त्रालयलाई हस्तान्तरण

डिसी नेपाल
१३ कार्तिक २०८२ १६:३४
24
Shares

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले जेनजी आन्दोलनको क्रममा क्षतिग्रस्त भएका सार्वजनिक संरचनाहरुको पुनर्निर्माणको लागि चार थान टेलिभिजन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई हस्तान्तरण गरेको छ। इप्पानले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सह–सचिव रुद्रसिंह तामाङलाई टेलिभिजन हस्तान्तरण गरेको हो।

यो कार्य सहरी विकास मन्त्रालय, संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालय, सानो गौचरण, काठमाडौंसँग भएको सम्झौता अनुसार सम्पन्न भएको इप्पानले जनाएको छ।

इप्पानले उक्त टेलिभिजन उपकरणहरु जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त सार्वजनिक संरचनाहरुको पुर्ननिर्माणमा प्रयोग गरी सरकारसँगको समन्वयमा सेवा प्रवाह बढाउने लक्ष्य राखेको जनाएको छ। हस्तान्तरण कार्यक्रममा इप्पानका उपाध्यक्ष भरत खत्री, महासचिव बलराम खतिवडा लगायतका पदाधिकारी सहभागी थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *