थापाथलीस्थित राम मन्दिर परिसरमा काठमाडौं महानगरले चलायो डोजर (तस्बिर)
काठमाडाैं। काठमाडौं महानगरपालिकाले थापाथली क्षेत्रमा अनाधिकृत रुपमा बनाइएका संरचनामाथि डोजर चलाएको छ। शुक्रबार थापाथलीस्थित राममन्दिर परिसरमा अनाधिकृत रुपमा बनाइएका संरचनामाथि महानगरले डोजर चलाएको हो।
राममन्दिरको क्षेत्रमा बनाएका अनाधिकृत टहरालाई भत्काइएको महानगरले जनाएको छ। गुठी संस्थानको जग्गा अतिक्रमित गरेर बनाइएका संरचना हटाउन आग्रह गरेपनि नहटेपछि संस्थानले महानगरको सहयोग मागेको थियो। महानगरले टहरमा बस्नेलाई बाहिर निकालेर अस्थायी संरचनालाई हटाएको छ।
















No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment