गोरखाको तातोपानीमा पहिरोले अलपत्र परेकाहरूको सकुशल उद्धार
काठमाडौं । गोरखा जिल्लाको धार्चे गाउँपालिका–३ स्थित तातोपानी इलाकामा अलपत्र परेकाहरूको नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले सकुशल उद्धार गरेको छ।
गोरखाको सामा गाउँबाट माछीखोलातर्फ आउँदै गरेका २० जना विदेशी र १५ जना नेपाली गरी ३५ जना पर्यटक पहिरोको कारण सोही ठाउँमा अलपत्र परेका थिए।
सो बारे जानकारी प्राप्त हुनासाथ नेपाली सेना र सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश आरुघाटबाट खटिएको टोलीले उनीहरुको उद्धार गरी माछीखोलातर्फ पठाएको छ। उद्धार गरीएकाहरूको अवस्था भने सामान्य रहेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment