चीनमा एयर शो : एरोबेटिक टोलीहरूले देखाए अद्भुत कला

डिसी नेपाल
१७ कार्तिक २०८२ १२:५४
32
Shares

एजेन्सी। पूर्वी चीनको जियाङ्सी प्रान्तको राजधानी नान्चाङमा आइतबार नानचाङ एयर शो तथा एभिएसन इन्डस्ट्री एक्स्पोको आयोजना गरिएको छ। जसमा आठ एरोबेटिक टोलीहरूले आफ्नो अद्भुत सीप प्रदर्शन गरेका थिए।

सहभागी टोलीहरूमा चिनियाँ वायुसेनाको एभिएसन युनिभर्सिटीको ‘स्काई विंग’ एरोबेटिक, रूसको ‘वारियर्स’ एरोबेटिक टोली र कमर्सियल एयरक्राफ्ट कर्पोरेशन अफ चाइना, लिमिटेडका सी ९१९ र सी ९०९ हरु सहभागी थिए। सो क्रममा पाइलटहरूले एकअर्कासँग मात्र नभई दर्शकहरूसँग पनि अन्तरक्रिया गरेका थिए।

सो क्रममा एरोबेटिक टोलीहरूका अतिरिक्त, ६० भन्दा बढी उड्डयन कम्पनीहरू र अनुसन्धान संस्थानहरूले प्रदर्शनी र व्यापार वार्तामा भाग लिएका थिए। नानचाङमा अहिले ६० उड्डयन निर्माताहरू छन्। (सीसीटीभीप्लस)


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *