कार्तिक नाच : नृसिंह अवतारद्वारा हिरण्यकश्यपु वध (तस्बिर)

सिमाेन पाैडेल
१८ कार्तिक २०८२ ११:१४
44
Shares

काठमाडाैं। कार्तिक नाचको अन्तिम प्रस्तुति हिजो मध्यरातमा पाटन दरबारको चारनारायण मन्दिर प्रांगणमा कात्तिक दाबलीमा मञ्चन गरिएको थियो। आठ दिन लामो नृत्य शृङ्खलाको अन्तिम अभिनयमा भगवान विष्णुले आफ्नो नृसिंह अवतारमा राक्षस राजा हिरण्यकशिपुलाई पराजित गरेको देखाइएको थियो।

कार्तिक नाचको इतिहास १७ औं शताब्दीमा राजा सिद्धि नरसिंह मल्लको शासनकालको हो। यो ३८३ वर्ष पहिले विसं १६९८ मा सुरु भएको थियो। मौखिक परम्पराका अनुसार सिद्धि नरसिंह मल्ल (मध्य सत्रौं शताब्दी) को शासनकालमा राज्यमा ठूलो प्रकोप आएको थियो।

त्यस समयका प्रख्यात धार्मिक गुरुहरूले राजालाई विष्णुको उग्र अर्धपुरुष, आधा सिंह अवतार “नरसिंह” लाई औपचारिक मानव बलिद्वारा आह्वान गर्न सल्लाह दिए। मल्ल राजाले निर्दोष प्रजाको हत्या गर्न नचाहेकाले विकल्प खोजे। राजाका राजोपाध्याय गुरुहरूले “तान्त्रिक प्रदर्शन” मार्फत

ईश्वरलाई बोलाउने वैकल्पिक विधि प्रस्ताव गरे। कार्तिक नाच त्यही तान्त्रिक विधिको चित्रण हो। यो नाच संसारकै सबैभन्दा लामो नाट्य महोत्सवका रूपमा चिनिएको भनाइ छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *