घुम्न जाऔं बृन्दावन (फोटोफिचर)
मोरङ । मोरङ जिल्लाको सुन्दरहरैंचा नगरपालिका–५ मा अवस्थित नयाँ बृन्दावन गौशाला पछिल्ला वर्षहरूमा धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा परिचित बन्दै गएको छ।
यहाँ एसियाकै अग्लो गाईको प्रतिमा, कलात्मक मूर्तिहरू, धार्मिक संरचना र शान्त वातावरणले आगन्तुकलाई लोभ्याउने गरेको छ। परिवारसँग घुम्न, धार्मिक श्रद्धा व्यक्त गर्न वा फोटोग्राफीका लागि आउनेहरूका लागि यो आकर्षक स्थल बनेको छ।

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment