पठाओ राइडरको कोठामा भेटियो स्वचालित हतियार

डिसी नेपाल
१९ कार्तिक २०८२ २०:३२
460
Shares

काठमाडौं । तारकेश्वर नगरपालिका११ बाट स्वचालित हतियार र पेस्तोलसहित एक जना पक्राउ परेका छन्

पक्राउ पर्नेमा कैलालीको टिकापुरका शिवराज धमला छन्उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले पक्राउ गरेको होउनी पठाओ राइडर पनि रहेको खुलेको प्रहरीले बताएको छ।

उनीबाट प्रहरीले स्वचालित इन्सास हतियार, सर्टगन र पेस्तोल बरामद भएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यले बताए।

उक्त हतियारहरू २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको क्रममा सुरक्षाकर्मीबाट लुटिएको बताइएको छ।

जेनजी आन्दोलनको बेला प्रहरीका मात्रै १ हजार २७१ हतियार आन्दोलनकारहरूले लुटेका थिए। ५ सय भन्दा बढी हतियार अझै बेपत्ता छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.

No trending news available.