कालमेगी तुफानका कारण ८५ जनाको मृत्यु
काठमाडौं । फिलिपिन्समा कालमेगी आँधीका कारण कम्तीमा ८५ जनाको मृत्यु भएको छ। अधिकारीहरूका अनुसार कालमेगी यस वर्ष मध्य फिलिपिन्समा आएको सबैभन्दा शक्तिशाली आँधीमध्ये एक हो।
जसका कारण लाखौं मानिसहरू आफ्नो घर छोडेर भाग्नु परेको छ।
कालमेगी आँधीले सबैभन्दा बढी जनसंख्या भएको मध्य टापु सेबुका शहरहरूलाई डुबानमा पारेको थियो, जसमा कम्तिमा ४९ जनाको मृत्यु भएको थियो।
अधिकारीहरूले बुधबार भनेका छन् – अन्य ७५ जना बेपत्ता छन् र १७ जना घाइते छन्, जसका कारण मृत्यु हुनेको संख्या बढ्ने अनुमान गरिएको छ।
यस आँधीबेहरीले गरेको विनाश देखाउने धेरै भिडियोहरू पनि बाहिर आएका छन्, जसमा मानिसहरू छतमा आश्रय लिइरहेको देख्न सकिन्छ, जबकि मानिसहरूका कार र ढुवानी कन्टेनरहरू सडकमा तैरिरहेका देखिन्छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment