निर्वाचनमार्फत निकास दिलाउन दृढ छौं : गृहमन्त्री अर्याल
काठमाडौं। गृहमन्त्री ओमप्रकाश अर्यालले पाइलैपिच्छे सुशासनको बाटोमा हिँडेर देशलाई निर्वाचनमार्फत निकास दिलाउन वर्तमान सरकार दृढताका साथ अघि बढेको बताएका छन्।
सामाजिक सञ्जालमार्फत मुलुकमा सुशासन कायम गर्दै प्राप्त जिम्मेवारीबमोजिम निर्वाचन सम्पन्न गरी देशलाई राजनीतिक निकास दिने अभिभारा पूरा गर्न वर्तमान सरकार क्रियाशील रहेको बताए।
गृहमन्त्री अर्यालले भनेका छन्, “आफ्नो शुद्ध चित्तले कर्म गरिरहने बाहेक हामीसँग अरु विकल्प हुँदैन । कार्यकालको अन्तिममा जनतालाई हामी धैर्यका निम्ति धन्यवाद भन्नेछौं।”
गृहमन्त्रालय हरेक हिसाबले संवेदनशील मन्त्रालय भएको जनाउँदै उनले भने, “कतिपय विषयमा के गर्दैछौं त भन्नै मिल्दैन, के गर्यौंसमेत भन्न नमिल्ने अवस्था हुन्छ ।”
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment