रामकुमारी झाँक्री आज एमालेमा फर्किँदै

डिसी नेपाल
२४ कार्तिक २०८२ १०:४७
76
Shares

काठमाडौं। तत्कालीन एकीकृत समाजवादीको निणर्यबाट असुन्तुष्ट एक समूह आज नेकपा (एमाले)मा फर्किने तयारीमा रहेको छ। पार्टी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रिको नेतृत्वमा एक समूह आज एमालेमै फर्किन लागेको हो।

एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले माओवादी केन्द्रसँग पार्टी एकता गरेपछि उक्त निर्णयबाट असुन्तुष्ट रामकुमारीसँगै किसान श्रेष्ठ लगायतका नेताहरू आज एमालेमा फर्किन लागेका हुन्।

एमालेले पार्टी छाडेका नेतारकार्यकर्तालाई पुनः पार्टीमा फर्काउन घर फर्क राष्ट्रिय अभियान घोषणा सभा गर्दै छ। कार्यक्रम आज दिउँसो साढे २ बजे काठमाडौंको राष्ट्रिय सभा गृहमा हुनेछ। सोही कार्यक्रमबाट असुन्तुष्ट पक्ष औपचारिक रुपमा एमालेमै फर्कन लागेको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *