मधेश प्रदेश प्रमुख सुमित्रा भण्डारी पदमुक्त
काठमाडौं। सरकारले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गर्ने निर्णय गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सुवेदीलाई पदमुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिए।
मधेश प्रदेशको प्रदेश प्रमुखमा सुरेन्द्र लाभ कर्णलाई नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको प्रवक्ता खरेलले बताए।
मधेश प्रदेशमा भएका राजनीतिक घटनालाई मध्यनजर राख्दै यस्तो निर्णय गरिएको उनले बताए।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment