महासमिति बैठक बोलाएर कांग्रेसले विवादको हल खोज्नुपर्छ : मुख्यमन्त्री शाह
दिपायल । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले नेपाली कांग्रेसले अबिलम्ब महासमिति बैठक बोलाउनुपर्ने बताएका छन्। मंगलबार डोटीमा आयोजित पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा उनले पार्टीभित्र उत्पन्न अन्तरविरोधको समाधानका लागि महासमिति बैठक अपरिहार्य भएको बताए।
उनले भने, ‘उत्पन्न परिस्थितिमा महासमिति सदस्यहरूबीच वैचारिक बहस र छलफल चलाउनुपर्छ। छलफल र संवादबाटै समस्या समाधान सम्भव भएकाले अन्य प्रक्रियामा नलागौं।‘
उनले पार्टीभित्र शक्ति संकलन गरेर संगठनलाई बलियो बनाउनका लागि सबै कार्यकर्तालाई एकढिक्का भएर लाग्न आग्रह गरे।
मुख्यमन्त्री शाहले भने, ‘हामी प्रजातान्त्रिक पद्धतिलाई अंगीकार गर्छौं। महासमिति बैठकमार्फत सबैको भावना र विचारलाई मन्थन गरौं।‘
भाद्र २३ र २४ गतेका घटनापछि जेनजीले उठाएका सकारात्मक मागहरूप्रति कांग्रेस केन्द्रित हुनुपर्ने उनो धारणा छ। तर, पार्टीभित्र नेतृत्वका लागि होडबाजी हुँदा जेनजीको भावना ओझेलमा परेको उनले टिप्पणी गरेका छन्।







डिसी नेपाल







Facebook Comment