विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई दियो २२१ रनको विशाल लक्ष्य
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो खेलमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई २२१ रनको विशाल लक्ष्य दिएको छ।
टस हारेर पहिला ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरको खेलमा ५ विकेट गुमाउँदै २२० रन बनाएको हो।
विराटनगरका दुई खेलाडीले अर्धसतक बनाए। लोकश बमले ४८ बलमा ७ छक्का र एक चौकाको मद्दतमा ७२ रन बनाए भने मार्टिन गुप्टिलले ३५ बलमा ३ चौका र ५ छक्काको मद्दतमा ६१ रन बनाए। यस्तै शुभम रन्जनले ३८ रन बनाए।
यसअघि आज भएको खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराउदै चितवनले विजयीको सुरूवात गरेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment