मेक्सिकोकी फातिमा बोश फर्नान्डेजले जितिन् मिस युनिभर्स २०२५ को उपाधि

डिसी नेपाल
५ मंसिर २०८२ ११:५३
68
Shares

काठमाडौं । मेक्सिकोकी फातिमा बोश फर्नान्डेजले मिस युनिभर्स २०२५ को उपाधि जितेकी छिन्। फातिमा बोश २५ वर्षकी छिन्।

चार राउन्ड पछि शीर्ष पाँचमा थाइल्याण्डकी प्रवीनर सिंह, फिलिपिन्सकी अतिसा मनालो, भेनेजुएलाकी स्टेफनी अब्साली, मेक्सिकोकी फातिमा बोश फर्नान्डेज र आइभरी कोस्टकी ओलिभिया यासे परे। पछि मेक्सिकोकी फातिमा बोशलाई विजेता घोषित गरियो। उनलाई मिस युनिभर्स २०२४ भिक्टोरिया थेलविगले ताज पहिराइदिइन्।

मिस युनिभर्स २०२५ मा थाइल्याण्डकी प्रविनार सिंहले दोस्रो स्थान हासिल गरिन् भने भेनेजुएलाकी स्टेफनी अब्सालीले तेस्रो स्थान हासिल गरिन्। फिलिपिन्सकी अतिसा मनालो चौथो र आइभरी कोस्टकी ओलिभिया यासे पाँचौं स्थान हासिल गरिन्।

शीर्ष पाँच प्रतियोगीहरू बीच प्रश्नोत्तर राउन्ड आयोजना गरिएको थियो। मेक्सिकोकी फातिमा बोशलाई सोधिएको थियो, ‘तपाईंलाई २०२५ मा महिला हुनुका चुनौतीहरू के के हुन् जस्तो लाग्छ, र तपाईं विश्वभरका महिलाहरूको लागि सुरक्षित स्थान सिर्जना गर्न मिस युनिभर्सको उपाधि कसरी प्रयोग गर्नुहुनेछ ?’

जवाफमा, फातिमा बोशले भनिन्- ‘एक महिला र मिस युनिभर्सको रूपमा, म मेरो आवाज र शक्ति अरूको सेवा गर्न प्रयोग गर्नेछु, किनकि यस दिन र युगमा हामी यहाँ बोल्न, परिवर्तन सिर्जना गर्न र चीजहरू स्पष्ट रूपमा हेर्न आएका छौं। हामी महिला हौं र यी साहसी महिलाहरू हुन् जसले खडा हुन्छन् र इतिहास बनाउँछन्।’

नोभेम्बर ४, २०२५ मा स्याश समारोहको क्रममा मिस युनिभर्स थाइल्याण्डका निर्देशक नवाट इटसाराग्रिसिलले मिस मेक्सिको फातिमा बोशलाई प्रचारात्मक कार्यक्रमहरूमा भाग नलिएकोमा बेवकुफ भने। मिस मेक्सिकोले विरोध गर्दा नवाटले उनलाई हलबाट निकाल्न सुरक्षाकर्मीलाई बोलाए। यो देखेर उपस्थित सबै प्रतियोगीहरू समारोहबाट बाहिर निस्कन थाले जसमा मिस युनिभर्स २०२४ भिक्टोरिया थेलविग पनि समावेश थिइन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *