पाकिस्तानको फैसलाबाद कारखाना विस्फोटमा मृत्यु हुनेको संख्या २० पुग्यो
काठमाडौं । पाकिस्तानको पञ्जाब प्रान्तको फैसलाबादमा रहेको एक कारखाना विस्फोटमा मृत्यु हुनेको संख्या २० पुगेको उद्धार कार्यमा संलग्न अधिकारीहरूले बताएका छन्।
आपतकालीन सेवाका प्रवक्ता फारुक अहमदले प्रारम्भिक अनुसन्धानले ग्यास चुहावटका कारण विस्फोट भएको देखाएको बताए।
उनले मलिकपुरको एक कारखानामा बायलर विस्फोट हुँदा धेरै भवन र नजिकैका घरहरूको छाना भत्किएको बताए। उनले धेरै मानिसहरूलाई उद्धार गरिएको तर गम्भीर चोटपटक लागेका कारण अस्पतालमा मृत्यु भएको बताए।
उक्त कारखाना मलिकपुरको शाहब टाउनमा अवस्थित छ। नजिकै एउटा रंगशाला पनि छ। उद्धार अधिकारीहरूका अनुसार दुर्घटनामा नौ घरमा क्षति पुगेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment